अब सरकार र आविष्कार केन्द्र एक भएको छः उपप्रधानमन्त्री खड्का

अब सरकार र आविष्कार केन्द्र एक भएको छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं रक्षाका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले अनुसन्धान र आविष्कारको क्षेत्रमा मुलुक वनाउने अभियानलाई अगाडि बढाउनको लागि आगामी बजेटबाट १ प्रतिशत रकम राखेर कोष खडा गर्ने बताएका छन् । 

सोमवार रक्षा मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसंगको वार्ता पछि सञ्चारकर्मीसंग मन्त्री खड्काले आगामी वर्षको विकास बजेटमा संघीय सरकारको  बजेटबाट १ प्रतिशत कोषमा जम्मा हुने गरी छुटयाउने बताएका हुन् ।  

उनले भने, ‘अनुसन्धान र आविष्कारको क्षेत्रमा मुलुक वनाउने अभियानलाई अगाडि वढाउनको लागि संघीय सरकारको विकास वजेटवाट १ प्रतिशत रकम कोष खडा गर्ने छौँ ।’ सहमतिपश्चात दुबै पक्ष एक भएको पनि उपप्रधानमन्त्री खड्काको भनाइ छ ।

त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो आन्दोलन मात्र नभएर अभियान पनि भएको बताए । उनले भने, ‘सरकारसंग राम्रो संग छलफल भयो । आन्दोलन आजवाट स्थगित हुन्छ ।’ अबको आन्दोलन युवाहरुलाई जागरुक वनाउने रहेको उनले बताए ।  

Logo