नेपाल राष्ट्र बैंकले आजदेखि एक हजारको नयाँ नोट निस्कासन गर्ने

नेपाल राष्ट्र बैंकले आजदेखि एक हजारको नयाँ नोट निस्कासन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो ।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’ आजदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।रासस

Skip This
Skip This
Logo