पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

केन्द्रबिन्दु
0
Shares

पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोली मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। 
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बादल पछिल्लो समय २०७४ फागुनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री थिए। उनी गृहमन्त्री भएका बेला इन्द्रजित राई उनका सल्लाहकार थिए।  

Skip This
Skip This
Logo