बजेटका लागि सहयाेग गर्न कर्णालीका अर्थ मन्त्रीकाे माग

बजेटका लागि सहयाेग गर्न कर्णालीका अर्थ मन्त्रीकाे माग

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भएको छ।

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका कँडेललाई भेट्न मन्त्री सिंह बुधबार बिहान वीरेन्द्रनगरस्थित नेता कँडेलको निवास पुगेका हुन। 

आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल र सुझावका लागि मन्त्री सिंह नेता कँडेललाई भेट्न पुगेका हुन । साे क्रममा  पदेश सरकारको बजेट सिलिङ, सरकारको तयारी लगायतका विषयमा जानकारी गराएका छन् ।

मन्त्री सिंहले समग्र कर्णालीको विकास, समृद्धि र सुशासनका लागि प्रमुख प्रतिपक्ष दलको पनि साथ चाहिने भएकाले सहयोग गर्न आग्रह गरेका छन्। बजेटका विषयमा सैद्धान्तिक, नीतिगत र कार्यक्रमिक रूपमा आवश्यक सल्लाह दिन मन्त्री सिंहले आग्रह गरेका थिए ।

साे भेटमा नेता कँडेलले जनताको समृद्धि, सुशासन, कर्णालीको विकासका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा आफ्नो सहयोग रहने जवाफ दिएका छन् । `नीति कार्यक्रम कस्तो र कसरी आउँछ, त्यसलाई हेर्छाैँ।

समग्र कर्णालीको विकासका लागि मेरो कुनै आग्रह-पूर्वाग्रह रहँदैन। सर सहयोग रहन्छ´, नेता कँडेलले भने  नेता कँडेलले वास्तविकतामा आधारित बजेट ल्याउन, सबै प्रदेश सभा सदस्यको सहभागिता र अपनत्व हुनेगरि अगाडि बढ्न सुझाव दिएका छन् । 

Skip This
Skip This
Logo