सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमा ६५० रुपैयाँमै पूर्व-पश्चिमको यात्रा

सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमा ६५० रुपैयाँमै पूर्व-पश्चिमको यात्रा

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा हाल विद्युतीय (इलेक्ट्रिक) सवारी साधनको माग बढ्दो छ । आम उपभोक्ताको हरित प्रविधिको महत्वप्रति बढ्दो सचेतना अतिरिक्त राज्य एवं निजि क्षेत्रले विद्युतीय सवारी साधन प्रवर्धनसम्बन्धि पहलहरुकै कारण आयात पनि उत्तिकै छ । 

यसैबीच धीरेनमान श्रेष्ठले सेगवेको इलेक्ट्रिक स्कुटर ई१०० मार्फत इतिहास रच्दै नेपालको पूर्वदेखि पश्चिमसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । ६ रात ७ दिनमा उनले पूर्वको काँकडभिट्टादेखि पश्चिमको महेन्द्र नगरसम्मको साहसिक यात्रा पूरा गरेका हुन् ।

दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित यात्रा गरेका धीरेनमानले यात्राको दौरान चार्जिङ खर्च ६५० रुपैयाँ मात्रै खर्चिएका थिए, जुन एकदमै कम खर्च हो ।

यात्रा अवधिमा इलेक्ट्रिक स्कुटर ई१००को माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण र कम्फर्ट परीक्षण गरिएको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले जनाएको छ । जसले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो । 

धीरेनमानले यो साहसिक यात्रा सुरु गर्नुअघि सोही स्कुटरमा काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक पनि परीक्षण गरेका थिए।  

सेगवे ई१०० प्रति घण्टा ६० किलोमिटर उच्च गति र उत्कृष्ट सुरक्षा सुविधाहरू भएको इलेक्ट्रिक स्कुटर हो । यसमा ड्युअल डिस्क ब्रेक, टिकाउ सस्पेन्सन प्रणाली र एलईडी डिस्प्ले जस्ता उन्नत सुविधाहरू छन् ।  

Skip This
Skip This
Logo