सरकार सबै व्यवसायीको अभिभावक बन्नुपर्छः उपराष्ट्रपति यादव

सरकार सबै व्यवसायीको अभिभावक बन्नुपर्छः उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगानी मैत्री वातावरण बनाउन तथा उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन् ।   

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८औं साधारणसभामा उपराष्ट्रपति यादवले नेपालमा ग्रील व्यवसायीले कोडिभ–१९ को महामारी, महाभूकम्प जस्ता विषम परिस्थितिमा पनि सेवा दिएकोमा प्रशंसा गरे । कार्यक्रममा उनले लगानी र व्यवसायीक वातावरण बनाउन सरकारले अभिभावकको भूमिका निभाउनु पर्ने बताए । 

उनले भने, ‘लगानी र व्यवसायीक वातावरण बनाउन र उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प छैन ।’ 

कार्यक्रममा उपराष्ट्रपति यादवले ग्रील व्यवसायीले आयात प्रतिस्थापन गर्न तथा रोजगारीको अवसर सिर्जना महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ग्रील व्यवसायीको समस्या सम्वोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्सको उनले ध्यानाकर्षण गराए । 

कार्यक्रममा ग्रील व्यवसायी राष्ट्रिय सम्मान २०८० बाट सञ्चारकर्मीलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा अप्सरा गौतम, भरत रावल, दिपेश घिमिरे कल्पना सानु भट्टराई, क्यामेरा म्यान तर्फ, देवआनन्द शिल्पकार, विक्रम शाक्य, श्रीदेवी पराजुली रहेका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८औं साधारणसभाले नयाँ नेतृत्वको चयन गर्नेछ । 

Skip This
Skip This
Logo