ऐन नियम कार्यान्यवन नहुँदा समस्या बढेको मन्त्री रिजालको टिप्पणी

ऐन नियम कार्यान्यवन नहुँदा समस्या बढेको मन्त्री रिजालको टिप्पणी

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बनेका ऐन नियमको कार्यान्वयन हुन नसक्दा समस्या बढेको टिप्पणी गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रिजालले नेपालमा उत्पादित सामानको लागि बनेका नीति नियम सरकारले लागु गर्न नसकेकाले समस्या बढेको टिप्पणी गरेका हुन् । 

घरेलु, हस्तकला, कृषि तथा नेपाली उद्यमीका सम्पूर्ण उत्पादन र सामाग्रीहरूको बृहत मेला तथा प्रदर्शनी कार्यक्रम उद्घाटनका क्रममा उनले नेपालमा बनेको सरकारी काम काजमा खरिद गर्नुपर्छ भन्ने नीति लागु गर्न नसक्दा उद्यमी व्यवसायीहरु पछि परेको बताए । 

उनले भने ‘१५ प्रतिशत बढी भयो भने पनि नेपालमा बनेको सामानलाई खरिद गर्नुपर्छ मन्त्रालय देखि सरकारी काम काजमा भन्ने नीति नै छ । त्यसलाई लागु गर्न नसक्दा उद्यमी व्यवसायीहरु पछि परेका छन् ।’

मन्त्री रिजालले नेपाली उद्यमीहरुले उत्पादन गरेको सामान बजारीकरण गर्न उद्योग मन्त्रालय लागि पर्ने प्रतिबद्धता जनाए । उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरणको माध्यमबाट थप बजार खोज्न मन्त्रालय क्रियाशील रहने आश्वासन दिए ।

Logo