राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री साउद लन्डन प्रस्थान

राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री साउद लन्डन प्रस्थान

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार राति लन्डन पुगेका छन् । आफ्ना स्वकीय सचिव र श्रीमतीका साथ मन्त्री साउद बिहीबार राति ८ बजेर २५ मिनेटमा लन्डन हिथ्रो उत्रिएका हुन् ।

लन्डनस्थित नेपाली दूतावासका अनुसार, मन्त्री साउदलाई बेलायती विदेशमन्त्रीका विशेष प्रतिनिधि, राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालले भीआईपी (विन्सर सुईट) मा स्वागत गरेका थिए ।

मन्त्री साउद ५ मे शुक्रबार बकिङघम दरबारमा हुने स्वागत समारोह र ६ मे वेष्टमिन्स्टर आबीमा हुने राज्याभिषेक समारोहमा सहभागी हुनेछन् ।

यही ६ मे शनिबार राजा चार्ल्सको रानी (क्वीन कन्सोर्ट) क्यामिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने तयारी छ ।

Skip This
Skip This
Logo