प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
आज बिहान सिंहदबारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक,आगामी आर्थिक वर्षको बजेट र भुटानी शरणार्थी प्रकरणबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको त होइन ? भन्ने खालको आशंका व्यक्त गरेका थिए।
शरणार्थी प्रकरणमा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी हाल फरार छन्। उनका छोरा सन्दीपलाई भने पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। यसअघि सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो।
सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबारबाट बजेट अधिवेशन आह्वान गरेका छन्। यसैगरी एमाले, काँग्रेसलगायतका शीर्ष नेताहरु भुटानी शरणार्थी प्रकरण मुछिएपछि प्रधानमन्त्रीसँग ओलीको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ।





























प्रतिक्रिया