रावा इनर्जीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

रावा इनर्जीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

रावा इनर्जी डेभलपमेन्टको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। स्थानीय बासिन्दाले यसमा कार्यालय समय भित्रमा आवेदन दिनुपर्ने हुन्छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि चैत २३ गतेदेखि कम्पनीले आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आईपिओ जारी गरेको हो । 

जसअनुसार १०० अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो। खोटाङ्ग जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स. का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्ने यस कम्पनीले जनाएको छ। यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। 

रावा इनर्जीको आइपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, साबिकको सेन्चुरी बैंक (हाल प्रभु बैंक) बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट अर्थात प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

Skip This
Skip This
Logo