योगेश काजीकाे स्वरमा ‘तिम्रो यादमा’ बोलको गजल रिलिज

योगेश काजीकाे स्वरमा ‘तिम्रो यादमा’ बोलको गजल रिलिज

केन्द्रबिन्दु
0
Shares

तिम्रो यादमा बोलको गजलको भिडियो रिलिज गरिएको छ । मनोरथ कटेल 'नन्दु'को शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ । 

गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ । 

पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् । 

अमेरिकामा रहेका गीतकार 'नन्दु'का यसअघि आमा र कहाँ पुगे साथीभाई बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन् । गीतकार 'नन्दु'ले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् ।

Skip This
Skip This
Logo