काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामै फर्कियो

काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामै फर्कियो

केन्द्रबिन्दु
0
Shares

भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज फेरि भैरहवा नै फर्किएको छ। सोमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौँ आउँदै गर्दा फेरी भैरहवा नै फर्किएको हो।

इन्डिकेटरले जहाजमा खराबी देखाएकोले बीचबाटै फर्किएको चालक दलका सदस्यले बताए। भैरहवाबाट सोमबार बिहान ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछि मात्रै काठमाडौँतर्फ उडेको थियो। करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा नै फर्किएर ल्याण्ड गरेको जनाएको छ।

Skip This
Skip This
Logo