सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् ।

मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले बोलिसकेका कुराबाट पछि नहट्ने भन्दै सुरक्षा भत्ता कटौती नगर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

उनले भने, ‘सामाजिक सुरक्षाका विषयमा कतिपय आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषयमा हामी प्रतिवद्ध छौं त्यसलाई फूलफिल गछौं । त्यसलाई कटौती गर्ने कुनै योजना छैन् । हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’

उनले अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, उदासिनता छ । हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ । हामी डे वानदेखि नै खर्चको महिना महिनामा मनिटरिङ गर्छौं ।’

अर्थमन्त्री महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउनु पर्ने बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि उनले बताए । 

Skip This
Skip This
Logo