पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई)का प्रमुख इमरान खान पक्राउ परेका छन् । मंगलवार उच्च अदालत बाहिरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए। तर, अदालत बाहिरबाट नै उनलाई अर्धसैनिक बलका अधिकारीहरूले पक्राउ गरेकाे पाकिस्तानी समाचार संस्था डनले पुष्टि गरेको छ ।
हालै पूर्वप्रधानमन्त्री खानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिराबादमा आफ्नाे हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए । पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको थियाे । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका थिए । करिब ४ घण्टापछि उनलाई अदालतबाट पक्राउ गरिएको हो ।





























प्रतिक्रिया