नेबिरा फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेबिरा फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेबिरा फाउन्डेसनको आयोजनामा गरिएको सामाजिक सुरक्षा अभियान अन्तर्गत मास्क बितरण कार्यक्रम सम्पन्न भएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका जोखिमबीच पनि रात दिन नभनी सेवामा खटिएका राष्ट्रसेवक, ट्राफिक प्रहरीलाई सहयोग स्वरुप ३०० थान मास्क र ३०० थान हात धुने साबुन बितरण गरिएको हो । फाउन्डेसनले गत साउन २ र ३ गते २ दिन महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, काठमाडौंमा कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाल, प्रहरी उपरीक्षक बामदेव गौतम, प्रहरी निरीक्षक प्रकाश सिंह समक्ष एकमुष्ठ रुपमा मास्क र साबुन वितरण गरेको थियो ।

नेबिरा फाउन्डेसनले स्थापना कालदेखि नै सामाजिक अभियानमा जागरुकता देखाउँदै आएको छ । यस फाउन्डेसनको प्रमुख उद्देश्य अपांग, अशक्त, घरबारबिहिन परिवारको हेरबिचार तथा विभिन्न सचेतनामुलक कामहरुबाट समाजमा केही परिवर्तन गराउनु रहेको संस्थाले छ ।

Logo