प्रधानमन्त्रीलाई रवि लामिछानेको कटाक्षः एउटै फाइलले ज्वरो निकाल्यो त ?

प्रधानमन्त्रीलाई रवि लामिछानेको कटाक्षः एउटै फाइलले ज्वरो निकाल्यो त ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइललाई कानुनी दायरामा ल्याउन भइरहेको ढिलाइप्रति कटाक्ष गरेका छन्। 

‘खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका  सन्तानको जगजाहेर  तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला’, उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । 

उनले सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएका छन्। उनले प्रधानमन्त्रीलाई एउटै फाइलले ज्वरो बढाएको भन्दै आलोचना गरेका छन् । ‘प्रधानमन्त्री ज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ’, उनले भनेका छन् ।

 

Skip This
Skip This
Logo