नक्कली शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ

नक्कली शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्।

बुधवार १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरेका थिए । साथै उनले यो प्रकरण गम्भीर अपराध रहेको बताउँदै कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गरेका थिए । 

त्यसपछि सभामुख घिमिरेले शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका हुन् । ‘अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु,’ उनले भने।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज उनकै निवासबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको थियाे । उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिइएको छ ।

Logo