नेपाली काँग्रेसको पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक आज बस्दै छ। बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो ।
बुधबार बसेको काँग्रेस पदाधिकारीको बैठकमा पूर्वपदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए। बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ।
बुधबारको बैठकमा दुई महामन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका हुन् ।































प्रतिक्रिया