काठमाडौँको तारकेश्वर नगरपालिका-६, चिसापानीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। चिसापानीमा बस्दै आएका नुवाकोटका अन्दाजी ३३ वर्षीय पासाङ लोप्चन तामाङको मृत्यु भएको हो।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा सामाखुसीस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।धर्मस्थलीबाट तीनपिप्लेतर्फ जाँदै गरेको रा१ख २७३४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ३४ प १००७ नम्बरको मोटरसाइकललाई गए राति करिब सवा १० बजे ठक्कर दिएको थियो ।































प्रतिक्रिया