पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अल कादिर ट्रस्ट मामिलामा शुक्रवार इस्लामाबाद उच्च अदालतमा पेस हुँदैछन् ।
उनलाई शुक्रबार बिहान ११ बजे अदालतमा हाजिर हुन भनिएको छ।पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार यो मुद्दामा उनको गिरफ्तारीलाई अवैध बताउँदै उनलाई इस्लामाबाद उच्च अदालतमा पेस हुन भनिएको थियो।
सर्वोच्च अदालतले बिहीबार को सुनुवाइमा अल कादिर ट्रस्ट केसमा नेशनल अकाउन्टेबिलिटी ब्युरो ( एनएबी ) को तर्फबाट इमरानको गिरफ्तारीलाई अवैध बताउँदै भन्यो, ‘इमरान खानलाई शुक्रवार ११ बजे इस्लामाबाद उच्च अदालतमा पेस गरियोस् ता कि अल कादिर ट्रस्ट केसमा एनएबीको तर्फबाट उनको गिरफ्तारीलाई दिइएको चुनौतीमा सुनुवाई हुन सकोस् ।’ सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारीलाई अवैध बताएको छ तर उनलाई घर जान अनुमति दिइएको छैन ।





























प्रतिक्रिया