गण्डकी सरकारले पूर्णता पायो, नवनियुक्त चार मन्त्रीले लिए सपथ

गण्डकी सरकारले पूर्णता पायो, नवनियुक्त चार मन्त्रीले लिए सपथ

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशकाे मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको हो । 

नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् । कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । नियुक्त भएका मन्त्रीले आजै शपथ खाएका छन् । 

नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथग्रहण गराएका हुन्। 

यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) पनि मन्त्री बन्ने तयारी भएको थियो तर, उनको स्थानमा अन्तिममा मुख्यमन्त्री पाण्डेले कांग्रेसकै आलेलाई मन्त्री बनाएका हुन् । 

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

Logo