पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, सुचारु हुन दिनभरि लाग्न सक्ने

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, सुचारु हुन दिनभरि लाग्न सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गएरातिबाट परेको अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा पहिरो गएको छ । पहिरोले सवारी आवागमन अवरुद्ध भएको छ ।

पहिरो खस्ने क्रम बिहान पनि रोकिएको छैन । पानी परिरहेकाले तत्काल सडक पन्छाउन सक्ने अवस्था नरहेको नारायणगढ मुग्लिन सडक परियोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिएका छन् ।

उनका अनुसार सडक पन्छाउन आज दिन भर लाग्न सक्नेछ । सो सडक भएर आवतजावत गर्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरेका छन् । हरेक वर्षायाममा यो सडक यसरी नै बन्द हुने गरेको छ ।

Logo