सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नुपर्छ : शेखर कोइराला

सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नुपर्छ : शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन्।

नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, ‘संविधानमा हामीले आठ क्लष्टरलाई समेटेका छौँ, श्रमिक र युवा छुटेका छन्। यसमा नेपाली काँग्रेस गम्भीर छ, आगामी दिनमा पक्कै समेटिनेछ।’

नसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन काँग्रेस कोशी प्रदेशको ७ औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उनीहरूको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए।

भुटानी शरणार्थी प्रकरणले सबै नेपालीको शिर निहुरिएको उनको भनाइ थियो।युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीको हक अधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए।

नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिला नाथ दाहाललगायतले पनि आ-आफ्नो धारणा राखेका थिए। अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ प्रदेश कार्य समिति चयन गरेको छ।

Skip This
Skip This
Logo