मेलम्चीको पानी वितरण आजदेखि २ हप्ताको लागि बन्द

मेलम्चीको पानी वितरण आजदेखि २ हप्ताको लागि बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकामा आजदेखि २ हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।मर्मत सम्भार गरेर फेरि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो ।

आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । यसअघि २०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौँ उपत्यकामा वितरण गरिएको थियो। तर २०७८ जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी/पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो।

Logo