अमेरिकामा उपराष्ट्रपति निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

अमेरिकामा उपराष्ट्रपति निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।

अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिन अघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।

“मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,” उनले ट्वीटरमा लेखेकी छिन् ।

अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्ने भएकी छिन् ।

सिनेट सदस्यबाट राजीनामा दिए पनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उनले बताएकी हुन् । अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०, ५० जना सदस्य रहेका छन् ।

ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनीसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । दुवै जनाले जनवरी २० तारिख (भोलि) सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेका छन्।

Logo