राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको गठबन्धन सरकारलाई आफूहरुको सुझाव कार्यान्वयन नगरेकोे गुनासो गरेका छन् ।
मंगलवार गठबन्धन दलको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसंग अध्यक्ष केसीले आफूहरुको सुझाव कार्यान्वयन हुन्छ जस्तो नलागेको बताएका हुन् ।
उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम आउँदै छ । त्यसमा अहिलेको अर्थ व्यवस्था मुलुकको अवस्थाको बारेमा छलफल भयो । केही मानीयहरुले सुझाव दिनुभयो । समय नभएको हुनाले हामीले सुझाव भोलि लेखेर दिने कुरा छ । हाम्रा सुझाव कार्यान्वयन हुन्छ जस्तो लाग्दैन । हुने भए त राष्ट्रको धेरै ठाउँ लथालिङ्ग छ । कृषिमा, उद्योगमा, स्वास्थ्यमा, शिक्षामा कहाँ छैन गडबढी ? त्यसकारण त्यो सुधार गर्नुपर्छ ।’
आजको बैठकमा सरकारका नीति तथा कार्यक्रमका बारेमा छलफल भएको अध्यक्ष केसीले बताए ।































प्रतिक्रिया