सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ‘जिउँदो सहिद’ भनेर चिनिने काभ्रेका कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
गत बुधबार कायस्थको निधन भएको थियो। लामो समयदेखि कायस्थ बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए। २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो। त्यतिबेला उनी १४ वर्षका थिए। सोही दिनदेखि ओछ्यान परेका उनको ३३ वर्षको उमेरमा निधन भएको हो।





























प्रतिक्रिया