काठमाडौं ।
गएराति भएको सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै आर्सनलले उपाधि नजिकको यात्रा तय गरेको छ ।
यो सँगै आर्सनल एफए कप फुटबलको फाइनल प्रवेश गरेको छ । आर्सनलका प्रशिक्षक मिकेल आर्तेताले मेन्टोर पेप गार्डिवलालाई पछि पार्दै फाइनल यात्रा तय गरेका हुन् ।
गएरातिको खेलमा आर्सनललाई विजयका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । उनले १९ र ७१ ओँ मिनेटमा गोल गरेका थिए । उपाधिका लागि आर्सनलले अगस्ट १ मा चेल्सी वा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।





























प्रतिक्रिया