सत्ता गठबन्धनले देशलाई संकटतर्फ लगेको महासचिव पोखरेलको आरोप

सत्ता गठबन्धनले देशलाई संकटतर्फ लगेको महासचिव पोखरेलको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले देशको अर्थतन्त्र संकटतर्फ लगेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा अनेरास्ववियुद्वारा आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमाले सरकारमा आएको बेलामा जहिले पनि राजस्व वृद्धि हुने तर, अहिले राजस्व नउठेर हालत चौपट भएको टिप्पणी गरेका हुन् । 

उनले भने, ‘एमाले सरकारमा आएको बेलामा जहिले पनि राजश्व वृद्धि हुन्छ । तर, अहिले राजस्व नउठेर हालत चौपट भएको छ । त्यसको जिम्मेवारी अहिलेको गठबन्धनले लिनु पर्दैन ? गल्ती गर्ने पाँच दलीय गठबन्धन (अहिले दश दलीय) । भारी पुराना पार्टी सबै असफल भए भन्दिने ? असफल हुनका लागि एमालेका पालामा एमालेले नगरेको हुनुपरेन ?’

महासचिव पोखरेलले मुलुक अर्थतन्त्रका संकटमा रहेका बेला नै एकजना उद्योगपतिको सम्पत्ति ४० अर्ब वृद्धि भएको बताए । राज्य थला पार्ने सत्तासँग नजिक भएको व्यापारीको ४० अर्ब सम्पति बढेको कुराले कमजोरी कहाँ छ भन्ने कुरा प्रष्ट नभएको उनको भनाइ छ । 

पपुलारिजमको भरमा समाजको संकट समाधान गर्न नसकिने पनि महासचिव पोखरेलले बताए । 

Skip This
Skip This
Logo