नेकपा सचिवालय बैठकमा शुभ संकेतदेखि सिरियामा निर्वाचनको तयारीसम्म (भिडियोसहित)

नेकपा सचिवालय बैठकमा शुभ संकेतदेखि सिरियामा निर्वाचनको तयारीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपामा लामो समयदेखि जारी आन्तरिक विवाद टुंगो लाग्ने संकेत देखिएको छ । विवाद समाधानको प्रयास स्वरुप शुक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरेर आज सचिवालय बैठक बसेको हो । पटक पटक वार्तामा बस्दै विना निष्कर्ष टुंगिएको अवस्थामा शान्त तरिकाले बसेको सचिवालय बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

त्यस्तै सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार मानव निर्मित संरचनाका कारण सीमावर्ती क्षेत्रमा परेको समस्या समाधानका लागि भारतसँग वार्ता गर्न लागिएको हो ।

सरोकारवालाहरुले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरेको मौद्रिक नीति समग्रमा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । शनिबार मौद्रिक नीतिमाथि प्रतिक्रिया दिँदै अर्थविद्हरुले कोभिड–१९ का कारण थलिएको अर्थतन्त्र चलायमान बनाउने खालको आएको प्रतिक्रिया दिएका हुन् ।

त्यस्तैगरी सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका २९ हजार भन्दा बढी नेपाली श्रमिकहरुलाई निशुल्क उद्धार गर्ने भएको छ । यसरी उद्धार गरिने नागरिकहरुको श्रमिकको टिकटसहितका अन्य खर्च पनि सरकारले नै व्यहोर्ने भएको हो ।
युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनका लागि मतदान गर्दैछ । सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय निर्वाचन सन् २०११ मा युद्धको सुरु भएदेखि हुन लागेको तेस्रो निर्वाचन हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo