भुटानी शरणार्थी प्रकरण रहस्यमय छः बाबुराम भट्टराई

भुटानी शरणार्थी प्रकरण रहस्यमय छः बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भुटानी शरणार्थी प्रकरण रहस्यमय बनेको टिप्पणी गरेका छन् । 

शनिवार अर्थ-राजनीतिक अन्यौलता र बिकल्प विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष भट्टराईले भुटानी शरणार्थी प्रकरण रहस्यमय रहेको भन्दै सही छानबिन गरेर एउटा निष्कर्षमा पुग्नै पर्ने बताएका हुन् । 

उनले भने, ‘भुटानी शरणार्थी प्रकरण रहस्यमय छ । यसको सहि छानबिन गरेर एउटा निष्कर्षमा पुग्नै पर्छ । त्यसको लागि हामी सबैले आवाज उठाउनुपर्छ । साना माछा समातेर उम्कने गर्नुहुँदैन, सहि छानबिन गर्नुपर्छ । अपराधीलाई कारवाही गरौं, यो नै हाम्रो पार्टीको नीति हो, यसमा दृढतापूर्वक लाग्छौं ।’ 

उनले नेपालको आर्थिक मन्दीको कारण आन्तरिक समस्या नै रहेको दाबी गरे । अहिले देशका धेरै सहकारीहरुमा विकृति आइरहेको पनि उनको भनाइ छ  । 

Logo