नेकपा सचिवालय बैठक जारी, विवाद साम्य हुने संकेत

नेकपा सचिवालय बैठक जारी, विवाद साम्य हुने संकेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक जारी रहेको जानकारी दिए । नेकपामा आन्तरिक विवाद जारी छ । गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

दाहाल–नेपाल पक्षको मागलाई प्रधानमन्त्री ओलीले वेवास्था गर्दै आएका छन् । पटक पटक स्थायी कमिटी बैठकमा सहमति खोज्ने प्रयास भएपनि अहिलेसम्म सफल भएको छैन । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर आज बस्न लागेको सचिवालय बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार आजको सचिवालय बैठकले नेकपाभित्रको विवाद टुंग्याउने छ ।

Skip This
Skip This
Logo