नीति तथा कार्यक्रममाथि ओलीले कटाक्ष गर्दै भने- रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

नीति तथा कार्यक्रममाथि ओलीले कटाक्ष गर्दै भने- रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम व्यवसायीको खस्केको मनोबल उकास्ने गरी आउन नसकेको दावी गरेका छन्।
 
आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले देशको असमान्य आर्थिक अवस्थालाई सरकारले लुकाउन खोजेको आरोप समेत लगाए। 

उनले भने ‘व्यवसायीको खस्केको मनोवल लगायतका यथार्थहरुलाई सम्बोधन गर्ने गरि नीति तथा कार्यक्रमहरु आएका छैन। अझ दुर्भाग्यपूर्ण त के छ भने देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ। लुकाउन मात्र हैन रोम जालिरहेको छ निरो बाँसुरी बजाइरहको छ। दस्तावेज यति विरोधाभाषी छ बुँदा नं ५ मा भन्छ सब ठीकठाक छ विश्वास बढेको छ उत्साह बढेको छ अर्थतन्त्र सप्रेको छ। १४ औँ नम्बरमा पुग्दा अर्थतन्त्र अप्ठ्यारोमा छ। सरकार बेखबर भएको हो कि ? नबुझेको हो कि ? बु्झेर पनि जनताले बुझेछन भनेर हो कि? अल्मल्याउन खोजेको हो कि?’  

Skip This
Skip This
Logo