नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलेपछि नेकपा एमालेले लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप लगाएको छ ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले यस्तो टिप्पणी गरेका हुन् । उनले शरणार्थी प्रकरणमा दोषी रहेका सबैलाई कारवाही गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘एमालेले अहिले लडाकु शिविरबारे किन प्रश्न उठायो भन्दा नक्कली भुटानी शरणार्थी प्रकरणले पोल्यो कि ?’
लडाकु शिविरमा घोटाला नभएको अडान उपाध्यक्ष महराले दोहोर्याएका छन् । उनले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनको जिम्मा राज्यले लिएको पनि प्रष्ट पारे ।
यसअघि आइतबार प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउन र निर्दाेष फसाउन खोजिएको भन्दै सरकारको कडा आलोचना गरेका थिए । यसपछि आयोजित पत्रकार सम्मेलनमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका प्रवक्ता महराले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने र निर्दाेष फस्ने स्थिति नआउने दाबी गरेका हुन् ।





























प्रतिक्रिया