मुलुकको हितमा काम गरे सरकारलाई समर्थन गर्छौँः सांसद बास्कोटा

मुलुकको हितमा काम गरे सरकारलाई समर्थन गर्छौँः सांसद बास्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीले सत्ता टिकाउन मात्र समीकरण गरेकाे टिप्पणी गरेका छन् । 

आईतबार संसदको बैठक पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै सांसद बास्कोटाले प्रधानमन्त्री  खुट्टा कमाएर बसेको कारणले नै नेपालको हितमा काम गर्न नसकेको बताएका हुन् । 

उनले भने, 'कारबाही गर्न हामीले अवरुद्ध गरेकै छैन । गर्नु भनेकै छौं ।  त्यो त सरकारले गर्नसक्नु पर्यो नि । तथ्यका आधारमा सत्य स्थापित गर्यो जो कसैलाई कारबाही गर्यो । आग्रहको कुराको के अर्थ छर यो देशमा । हाम्रो मनमा केही छैन । हाम्रो साथ छ, धाप छ ,समर्थन छ, वाईवाई छ, भन्या हो नि । उहाँ गर्नु हुन्न खुट्टा लुगलुग बनाएर आउनु हुन्छ । सत्ता टिकाउन मात्र समीकरण हुन्छ भने यस्तो समीकरणको के काम लाग्यो र ?'

उनले एमालेले जवाफदेहितासहितको लोकतन्त्र अपनाएको र मुलुकको हितको लागि काम गरेको बताए । राष्ट्रको हितको लागि काम गरे एमालेले सरकारलाई समर्थन गर्ने उनको भनाइ छ । 

सांसद बास्कोटाले भारत भ्रमणमा जान लागेकोमा आफूहरुलाई कुनै आपत्ति नभएको तर त्यहाँ गएर देशको आवाज बोलुन् भन्ने मात्र आफूहरुको चाहना भएको बताए । 

Logo