दोलखामा बस दुर्घटना, तीन जना गम्भीर घाइते

दोलखामा बस दुर्घटना, तीन जना गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

दोलालघाट ।

दोलखाको मेलुङ गाउँपालिकास्थित पवटीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा आधा दर्जन बढी सामान्य घाइते भएका छन् ।

जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीस्थित तिरतिरे धारामा आज विहान बा ५ ख ६५९० नम्बरको बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका हुन् । गम्भिर घाइते हुनेमा कालिञ्चोक गाउँपालिका ९ की अन्दाजी ५५ वर्षिया धनमाया शिवकोटी र पवटीकी ३० वर्षिया गोमा लकाई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि चरिकोटतर्फ लगिएको दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिए । पवटीबाट सदरमुकाम चरिकोटतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ ।

तस्वीर : क्रान्ति लामा

Skip This
Skip This
Logo