ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार दुई खेलहरु हुँदैछन्।

लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत सोमबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यस्तै च्यासल मैदानमा शीर्ष स्थानमा चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Skip This
Skip This
Logo