सुनसरीमा दोहोरो झडप, एक जनाको पेटमा गोली लाग्यो, प्रहरीसहित २ जना घाइते

सुनसरीमा दोहोरो झडप, एक जनाको पेटमा गोली लाग्यो, प्रहरीसहित २ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सुनसरी । सुनसरीको हरिनगरमा शसस्त्र प्रहरी र तस्करहरुको समुहबीच दोहोरो झडप भएको छ ।

झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागि हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आएका २० वर्षीयका सहजव अन्सारी घाइते भएका छन् । पेटमा गोली लागेका बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

तस्करहरुको समुहले हानेको ढुङगा लागेर शसस्त्र प्रहरी जवान जिवराज विशंखे घाइते भएका छन् । घाइतेको शसस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भैरहेको छ ।

भारतबाट विभिन्न सामान तस्करी गरि नेपाल भित्र्याउँदै गरेको अवस्थमा प्रहरीले सामान बरामद गर्न खोज्दा दुबै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । सामान बरामद  गर्ने क्रममा शसस्त्र प्रहरीलाई ढुङगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए ।

Skip This
Skip This
Logo