तब्बू स्टारर फिल्म ‘दृश्यम’ अब कोरियन भाषामा रिमेक हुने

तब्बू स्टारर फिल्म ‘दृश्यम’ अब कोरियन भाषामा रिमेक हुने

केन्द्रबिन्दु
0
Shares

अभिनेता अजय देवगन र तब्बू स्टारर फिल्म ‘दृश्यम’ अब कोरियन भाषामा रिमेक हुने भएको छ। हिन्दी, मलयालम, तमिल, कन्नड, तेलुगु भाषामा हिट यो फिल्मको अब कोरियन रिमेक हुन लागेको हो।

फ्रान्सको कान्समा जारी कान्स फिल्म फेस्टिभलको इण्डिया पेभिलियनमा हालै फिल्मको कोरियन रिमेकको घोषणा गरिएको हो।भारतीय प्रोडक्सन कम्पनी पानोरामा स्टुडियो र वार्नर ब्रदर्सका पूर्व कोरियन प्रमुख जे चोईले स्थापना गरेको एन्थोलोजी स्टुडियोज, ‘पारासाइट’ अभिनेता सोङ कांग-हो र निर्देशक किम जी-वूनले कोरियन रिमेकको जिम्मेवारी लिएका हुन्।

दिवंगत निशिकान्त कामतद्वारा निर्देशित ‘दृश्यम’ को पहिलो संस्करण विजय सलगांवरको वरपर घुमेको छ। जसको साधारण संसार एक आकस्मिक मृत्युपछि बिग्रन्छ। जसमा उनको परिवार र आफूलाई कानूनबाट बचाउनका लागि हतास निर्णय लिइएको देखाइएको छ। फिल्ममा कमलेश सावन्तको पनि अभिनय छ।

फिल्मका निर्माता कुमार मंगत पाठकले पहिलोपटक कुनै हिन्दी फिल्मलाई कोरियन भाषामा रिमेक गर्न लागेकोमा खुशी व्यक्त गरेका छन्।‘कैयौँ वर्षदेखि हामी कोरियन फिल्मबाट प्रेरित छौँ। अब हाम्रो एक फिल्मबाट उनीहरुले प्रेरणा खोज्नेछन्। भारतीय फिल्मका लागि योभन्दा ठूलो उपलब्धी के नै हुनसक्छ र?’उनले भनेका छन्।

वार्नर ब्रदर्शका कोरियन पूर्व प्रमुख जेले ‘दृश्यम’लाई कोरियन भर्सनमा रिमेक गर्न लागेकोमा गर्व महशुस गरेको बताएका छन्।‘हामी कोरियाली फिल्मको मौलिकलाई जीवित राख्दै एक व्यापक रुपले सफल हिन्दी फिल्मको रिमेक बनाउने अवसर पाउँदा रोमाञ्चित छौँ। कोरिया र भारतको बीच पहिलोपटक प्रमुख सह-निर्माणका रुपमा यसको रिमेक गर्नु अझ महत्वपूर्ण कुरा हो।’,उनले भनेका छन्।

Logo