पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प

पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

पपुवा न्युगिनी ।

पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी भूगर्भ विभागले स्थानीय समय अनुसार शुक्रबार दिउसो १२ः५० मा भूकम्प गएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो ।अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् ।रासस/एएफपी

Skip This
Skip This
Logo