प्रतिनिधिसभा बैठकः नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने

प्रतिनिधिसभा बैठकः नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने

केन्द्रबिन्दु
0
Shares

सरकारको नीति तथा कार्यक्रममाथी आज पनि छलफल जारी रहने भएको छ। 

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथी आज पनि छलफल जारी रहने भएको हो। बैठक बिहान ११ बजे बस्नेछ। 

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ७ गतेदेखी छलफल प्रारम्भ भएको थियो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन्। सोमबारको बैठकमा झन्डै चार दर्जन सांसदहरुले आफ्नो धारणा राखिसकेका छन्।  

Skip This
Skip This
Logo