भीमफेदी कारागारमा कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

भीमफेदी कारागारमा कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ। सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए।

सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए ।

Skip This
Skip This
Logo