राष्ट्रिय शिक्षा दिवस अबदेखि असोज २ गते मनाउने सरकारको निर्णय

राष्ट्रिय शिक्षा दिवस अबदेखि असोज २ गते मनाउने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले राष्ट्रिय शिक्षा दिवस अबदेखि असोज २ गते मनाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्  । उनले भनिन्, ‘सरकारले यही वर्षदेखि लागू हुने गरी राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको हो, सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धि ऐन पारित भएको दिनको स्मरणमा असोज २ गते मनाउन लागिएको हो । ’

यसअघि शिक्षा दिवस फागुन १२ गते मनाइँदै आएको थियो । 

यस्तै, बैठकले नेपालको शिक्षा क्षेत्रको विकासका लागि विश्व बकैंबाट उपलब्ध हुने १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा भन्सार विधेयक सम्बन्धि नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले जानकारी दिइन् र बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको छ । 

Skip This
Skip This
Logo