‘सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै’- सांसद विष्ट

‘सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै’- सांसद विष्ट

केन्द्रबिन्दु
0
Shares

सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै भएको बताएका छन्। बुधबार प्रनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद विष्टले नीति तथा कार्यक्रम चलायमान नभएको पनि दावी गरेका छन्।

उनले भने‘२१ खर्ब सार्वजनिक  ऋणको अवस्था देखा परेको छ। एकातिर कर्जा प्रवाहको अवस्था यस्तो छ अर्को तर्फ रोजगारी सिर्जनाको अवस्था के छ? उत्पादनको अवस्था के छ? यसलाई समीक्षा गरेका छौँ। ? यसको लागि टालटुले सुधारले केही हुँदैन्। सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै छ। जसमा कुनै चलायमान र उर्जा छैन। जसमा कुनै दम छैन।’

सांसद विष्टले महंगो निर्वाचनको कारणले आज राजनीतिमा असल ईमान्दार गरीब सामान्य वर्गको मानिसहरु आउने अवस्था बन्द भएको चर्चा पनि गरे। उनले राजनीतिका दलाल र माफिया,भ्रष्टचारीहरुको बाहुल्यता बन्ने अवस्था देखा परेको तर्फ पनि सबैको ध्यानाकर्षण गराए।   

Logo