काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई प्रहरीले पेश गरेको प्रतिवेदनका आधारमा मुद्दा चलाउने निर्णय गरेको छ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भनि विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा सरकारी वकिल कार्यालयले सबै ३० जना प्रतिवादीविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुर लगाउने निर्णयसहित अभियोग पत्र दर्ताका लागि काठमाडौं जिल्ला अदालत फाइल पठाएको हो ।
हालसम्म घटनामा संलग्न १६ पक्राउ परेका छन् भने बाँकी फरार रहेका छन् । जसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई प्रहरीले पक्राउ गरेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।
रणार्थी प्रकरणमा प्रहरीले सोमबार मात्र सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार ठगि भएको भन्दै एक सय बढी पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्यामा २७ करोड ४२ लाख ५७ हजार रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ ।
हेर्नुहाेस्, अभियोगपत्रको पूर्णपाठ-





























प्रतिक्रिया