आइपीएलमा लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

आइपीएलमा लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

केन्द्रबिन्दु
0
Shares

लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भएको हो।

लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । सुरुआत राम्रो हुन नसकेको लखनउले ३ दशमलब २ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो ।

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनायो।मुम्बईका लागि आकाश मधवालले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिए।

क्रिस जोर्डन र पीयुष चावलाले समान १/१ विकेट लिए । लखनउका तीन ब्याटर रन आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो ।

मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए।अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे।

तेस्रो विकेटका लागि सूर्यकुमार यादव र क्यामरन ग्रीनले ३८ बलमा ६६ रनको साझेदारी गर्दै बलियो योगफलतर्फ मुम्बईलाई लगेका थिए।मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाईटन्ससँग शुक्रबार खेल्ने छ । दोस्रो क्वालिफायर खेल शुक्रबार हुँदैछ । गुजरात पहिलो क्वालिफायर खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो। 

Skip This
Skip This
Logo