काठमाडाैँ उपत्यकामा चल्ने सार्वजनिक सवारीमा घट्यो भाडा

काठमाडाैँ उपत्यकामा चल्ने सार्वजनिक सवारीमा घट्यो भाडा

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने आन्तरिक र लामो दूरीको सार्वजनिक सवारीमा भाडादर घटाएको छ।

आज बाट लागु हुने गरि सार्वजनिक सवारीको भाडा घटाईएको बागमती प्रदेश,श्रम रोजगार तथा यातायात मन्त्रालयका उप-सचिव शंकरराज पाठकले जानकारी दिए।

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले हिजो बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताए। 

उनका अनुसार,काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ं दशमलव ९० प्रतिशतले गाडी भाडा घट्ने छ। यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र लामो दूरीको यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले गाडी भाडादर घटाउने निर्णय मन्त्रालयले गरेको छ।

पौडेलले भने,‘भाडा घटाउने निर्णय अनुसार हिजै कानून मन्त्रालयमा पठाएका छौँ, आजै राजपत्रमा समायोजन गरिएको कुरा प्रकाशित गर्ने तयारी छ।’ पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि आजबाट लागु हुने गरि बागमती प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो। 

Logo