काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्थानमा सञ्चालित ३४ वटा मोटरसाइकल वर्कसपलाई कारबाही गरेको छ।
महानगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई बुधबार नियन्त्रणमा लिएको थियो। उनीहरु आबद्ध ३४ वर्कसपबाट जरिवाना तिराएको महानगरले जनाएको छ ।
ती वर्कसपहरुलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएरको छ। फुटपाथ नै अवरोध गरेर वर्कसप सञ्चालन गर्दा पैदलयात्रुलाई हिंड्डुल गर्न समस्या भएको महानगरको भनाइ छ ।





























प्रतिक्रिया