शीतलनिवासमा पीडित परिवारकाे निवेदनः रेशमलाई आममाफी दिने तयारीले घाउमा नुनचुक थप्याे

शीतलनिवासमा पीडित परिवारकाे निवेदनः रेशमलाई आममाफी दिने तयारीले घाउमा नुनचुक थप्याे

केन्द्रबिन्दु
0
Shares

रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीको परिवारले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले निवेदन दिएकी हुन् ।

बोहराले पेश गरेको निवेदनमा भनिएको छ, ‘सिँउदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरिहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस् बाँकी केहि छैन । पीडामा परि निरिह भएका राज्यबाट अपहेलितका लागि रेशम चौधरीलाई आममाफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ ।’ 

‘तसर्थ तीन तहको अदालतले निरूपण गरिसकेको बिषयलाई राजनीतिको खाँस्टो ओढाएर अपराधीलाई माफी मिनाह प्रदान गरी राज्यको सबैभन्दा शक्तिशाली क्क्क्नीति राजनीतिलाई नै अपराधिकरणसँग मितेरी नगाँसियोस् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ (४) को (घ ) मा समेत “क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको कसुरका कसुरदारलाई भएको सजाय माफी गर्ने, मुलतवी राख्ने, परिवर्तन गर्ने वा कम गर्ने कारवाही गर्न सकिने छैन” भनि उल्लेख भएको हुदाँ मेरा लागि मात्रै होईन सम्पूर्ण जनता, सुरक्षाकर्मी र राष्ट्रसेवकका लागि न्याय र कानूनका पक्षमा देशका अभिभावक र संविधान संरक्षक सँगसँगै छन भन्ने अनुभूति गर्न पाउँ ।’ राष्ट्रपति कार्यालयमा पेश गरिएको निवेदनमा उल्लेख गरिएको छ । 

सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।

Skip This
Skip This
Logo