नेपाल स्काउटका संयोजक भण्डारी इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्डबाट सम्मानित

नेपाल स्काउटका संयोजक भण्डारी इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीलाई मलेशियन स्काउट महासंघ (पीपीएम) ले इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्डबाट सम्मानित गरेको छ। वी-पी हाउस क्वालालम्पुरमा आयोजित समारोहमा स्काउटिंग अभियानमा योगदान पुर्‍याउने विभिन्न पाँच जनालाई  विभूषित गरीएको छ। 

पीपीएमका कार्यवाहक प्रमुख स्काउट मेजर जेनरल डा. मोहम्मद.जिन बिन बिदिनले उक्त विभूषण प्रदान गरेका हुन्। भण्डारी यो विशिष्ट अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बनेका छन्। 

विगत लामो समयदेखी भण्डारीले नेपाल स्काउट तथा विश्वस्काउटको क्षेत्रमा गरेको योगदानको कदर गर्दै मलेसिया स्काउटले यो सम्मान प्रदान गरेको हो। नेपालमा सुस्ताउदै गएको स्काउट अभियान भण्डारी नेतृत्वमा आएयता तुलनात्मकरूपमा क्रियाशील भएको छ।

नेपाल स्काउटको संघीय ढाँचा अनुरूपको पुन:संरचना श्रोतको वृद्धि र अन्तराष्ट्रीय सम्बन्धको सुधारका कामहरू भण्डारीको नेतृत्वमा देखिने गरी  प्रभावकारी कामहरु भएका  छन्।

Skip This
Skip This
Logo